नयाँ नेपालको नक्सामा समेटियो कालापानी र लिपुलेक
काठमाडौं । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणसहितको नक्सा प्रकाशन गरिएको घट्टले जानकारी दिए ।
विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । लिम्पियाधुरालगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको उनीहरुले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्र्रदेशको नाम समेटिएको छ । प्रदेश १, प्रदेश २ प्रदेश ३ र प्रदेश ५ को नामकरण भएको छैन । त्यसैले नक्सामा यी चार प्रदेशको नाम राखिएको छैन । नक्सामा सातवटै प्रदेश, प्रदेश राजधानी, प्रमुख राजमार्ग, सहर सीमा, निकुञ्ज, नदी र प्रमुख ठाउँ समेटिएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...
-
जर्मनी एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठामाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको...
-
न्यायलय सुधार गर्ने वरिष्ठ न्यायाधीश राउतको २४ बुँदे कार्ययोजना
-सजिव कालाखेती काठमाडौं । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको कार्यकाल यता सबै भन्दा सक्षम,योग्य,इमान्दार,अनुभवी,लोकतान्त्रिक, बौद्विक र कार्यकुशल प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत...
-
सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध...
-
बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको छ। न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले...
-
राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र...