ताजा समाचार

जर्मनी एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक

काठामाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत प्रिन्जले हालैको बाढीपहिरामा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै जर्मन सरकार र जर्मनीका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरे । त्यसअघि दिवङ्गत भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको यसै वर्ष सम्पन्न जर्मनीको राजकीय भ्रमणले जर्मनी र नेपालबीचको सम्बन्धलाई अझ घनिभूत ल्याउने मद्दत मिलेको बताए । उनले दुई देशबीचको यो सम्बन्ध भविष्यमा अझ घनिभूत हुने विश्वास व्यक्त गरे ।

समारोहमा सांसद, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका जर्मनीका नागरिक, जर्मनीसँग सम्बन्धित उद्योग–व्यवसायका प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org