ताजा समाचार

बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको छ।

न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले दिएको अभिव्यक्तिले अदालतको मानमर्दन गरेको दाबी गर्दै सर्वोच्च प्रशासनले उनी विरुद्ध अवहेलनासम्बन्धी मुद्दा मंगलबार दर्ता गरेको हो।

घिमिरेले गत असोज ११ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको आरोप लगाएका थिए। घिमिरेले आफूलाई सक्ने भए जेल हाल्न चेतावनीसमेत दिएका थिए ।

आगामी असोज २० गते अवकासमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषद्को गत शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतमा २ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।नेपाल बारले त्यसको विरोध गर्दै आएको थियो।

सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई नियुक्तिका लागि परिषदले सिफारिस गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org