नागरिक अधिकारवादीलाई एकोहोरो कुरा नबुझ्न आग्रह
काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार कुनै पनि हालतमा चूप लागेर बस्न नसक्ने चेतावनी दिए ।
“देशमा आतङ्क मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने, राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन, राज्यको शरीरमा एक थोपा रगत रहुञ्जेल सरकार राष्ट्रियताको पक्षमा लडिरहने छ”, उनले भने । मन्त्री पोखरेलले चन्दा नदिँदा पार्टी तथा देशको नेतृत्वमा रहेका व्यक्ति र अन्य नागरिकलाई मार्ने योजना बनाउनेलाई त्यस्ता गतिविधि गर्न प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै नागरिक अधिकारवादीलाई पनि एकोहोरो मात्र नबुझी वास्तविकता बुझ्न आग्रह गरे ।
उनले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतको व्यवहारप्रति सरकारले मूल्याङ्कन गरिरहेको बताउँदै राउतले राज्यको मूलधारमा आउने तथा संविधानलाई स्वीकार गरेअनुसार नै सरकार र राउतबीच सम्झौता गरिएको स्पष्ट गरे ।
नेकपाका नेता पोखरेलले पार्टी एकीकरण केवल देखाउन र सूचनापाटी राख्नका लागि मात्र नभई जनताको सारथी बन्न र मुलुकको समृद्धिका लागि भएको बताए । आगामी दिनमा नेकपा राजनीतिक र संवैधानिक घोषणानुसार विकास र समृद्धिको बाटामा जनतालाई साथमा लिई तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीको तल्लो कमिटीको एकीकरणको गृहकार्य अध्यक्षद्वयले तयार पारिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले एकताको प्रक्रिया लगभग अन्तिम चरणमा रहेको बताए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...
-
जर्मनी एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठामाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको...
-
न्यायलय सुधार गर्ने वरिष्ठ न्यायाधीश राउतको २४ बुँदे कार्ययोजना
-सजिव कालाखेती काठमाडौं । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको कार्यकाल यता सबै भन्दा सक्षम,योग्य,इमान्दार,अनुभवी,लोकतान्त्रिक, बौद्विक र कार्यकुशल प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत...
-
सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध...
-
बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको छ। न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले...
-
राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र...