नेपाल आइडल रवि र भि-टेन पुगेको कार्यक्रममा राउटे प्रमुख अतिथि
भीमदत्तनगर। गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आउनुभएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुगे ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी भएका हुन् ।
यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र ¥यापर भि–टेनलाई निम्त्याएर आयोजना गरेको प्रत्यक्ष साङ्गीतिक कार्यक्रम (लाइभ कन्सर्ट) मा राउटे पहिलोपटक प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पुगेका राउटे करवीरले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे भने कार्यक्रमा प्रस्तुतिका लागि सहभागी नेपाल आइडल रवि ओड र गायक बादल थापालाई ढाका टोली पहि¥याएर सम्मान गरे ।
“जङ्गलको बास र तरुल÷कन्दमूलको भरमा बाँच्ने राउटे समुदायलाई समाजसित घुलमिल गराउन यहाँ डाकेका हौँ”, एमएनआर ह्याप्पी क्लबका अध्यक्ष करनसिंह पालले भने, “केही नयाँपनको शुरुआत गर्ने उद्देश्यले पनि लोपोन्मुख जातिको सम्मान गरेका हौँ ।”
पहुँचकै लागि सभासम्मेलनमा शीर्ष नेता र उच्चपदस्थलाई बोलाउनुभन्दा पिछडिएका वर्ग र समुदायलाई अगाडि ल्याउन पनि पहल गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा खुशी व्यक्त गर्र्दै करवीरले पहिलोपटक साङ्गीतिक कार्यक्रमा सहभागी हुन पाउँदा खुशी भएको अनुभूति सुनाए । “यस्तो कार्यक्रममा अहिलेसम्म आएको थिइनँ”, उनले भने, “मनोरञ्जनात्मक कार्यक्रममा आतिथ्यताका लागि सबैलाई धन्यवाद ।”
झण्डै एक दशकअघि यहाँको मटेनास्थित सामुदायिक वन छेउमा आश्रय लिँदै आएका राउटेले जग्गा र घरबासको व्यवस्था नहुँदा समस्या भइरहेको दुखेसो पोखे ।
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...