घरेलु हिंसा बढेको भन्दै आमा समूहद्वारा जाँडरक्सी प्रतिबन्ध
सप्तरी । आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् ।
शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताए । जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ ।
आमा समूहकी अध्यक्ष महावती चौधरीका अनुसार मदिरा सेवनले बढेको घरलु हिंसा र सामाजिक विकृति रोक्न यहाँको महिला समूह सक्रिय भएका हुन् । मदिरा सेवनले पु¥याउने हानिनोक्सानीका बारेमा आमा समूहले जनचेतना फैलाउन थालेपछि तीन जनाको मदिरा पसल बन्द भएको ठेलिया स्वास्थ्यचौकिकी अनमी सुनिता चौधरीले बताइन् ।
गाउँका तीन जनाले अनुमति लिई मदिरा बिक्री वितरण गर्न थालेपछि सामाजिक विकृति फैलिएको भन्दै आमा समूहले जनचेतना अभियान थालेको हो । बजारमा पसल सञ्चालन गरी मदिरा बिक्री–वितरण गर्ने अनुमति लिएका उनीहरुले गाउँबस्तीमा गई पसल सञ्चालन गरेका थिए ।
वडा नं ११ का वडा अध्यक्ष मो. जीबरीलका अनुसार वडा कार्यालयबाट बजारमा पसल खोल्न सिफारिस लगेकोमा उनीहरुले सिफारिस विपरीत गाउँमा मदिरा बिक्री वितरण गरेपछि आमा समूहको सक्रियतामा पसल बन्द गराइएको हो । अनुमति लिनेमध्ये दुई जनाले मदिरा पसल बन्द गरेको र सियाकुमारी चौधरीले गाउँबाट हटाइ बजारमा पसल सञ्चालन गर्ने भनी कागज बनाइ सहिछाप गरेपछि छाडिएको उनले बताए ।
सिफारिस विपरीत गाउँमै मदिरा बिक्री गरेमा प्रमाणपत्र रद्द गरी कानूनबमोजिम कारवाही गरिने वडाध्यक्ष जिबरिलले चेतावनी समेत दिए । दुई जनाले पसल बन्द गरे पनि पसल बन्द गर्न अटेर गर्ने सियाकुमारी विरुद्ध आमा समूहले वडा कार्यालय र इलाका प्रहरी कार्यालय ठेलियामा निवेदन नै दर्ता गरेका थिए ।
वडा कार्यालयमा वडा अध्यक्षको उपस्थितिमा हिजो अबेरसम्म आमा समूह, इलाका प्रहरी कार्यालयका प्रतिनिधिबीच भएको छलफलपछि सियाकुमारीले गाउँमा मदिरा बिक्री नगर्ने लिखित सहमति जनाएका छन् । आमा समूह र प्रहरीले पटक÷पटक सम्झाउँदा अन्य दुई जनाले मदिरा पसल बन्द गरेपनि सियाकुमारीले नमानेपछि वडा कार्यालयमा छलफल गरी कागज गराइएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताए ।
आमा समूह सक्रिय भएपछि महिलामाथि हुने घरेलु हिंसा, मादकपदार्थ सेवन, झैंझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पुगेको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रको भनाइ छ । मापसे गरेर होहल्ला, झैझगडा गर्नेबारे सूचना दिई प्रहरीमा जिम्मा लगाउन पनि नगर प्रमुख मिश्रले आग्रह गरे । पुरुषले मादक पदार्थ खाएर श्रीमती कुट्ने, घरमा होहल्ला गर्ने र उच्छृशृङ्खल गतिविधि हुन थालेपछि आमा समूह सक्रिय भएका हुन् । आमा समूहको सक्रियतामा अभियान चलेपछि र कतिपयलाई पक्राउ गरी कारवाही गरेपछि धेरै सुध्रिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...