अख्तियारका पूर्व आयुक्त पाठक विशेष अदालतमा हाजिर, विवादास्पद वकिल रमन श्रेष्ठले पाठकको पक्षमा वकालत गर्दै !
काठमाडाैं । घुस प्रकरणका आरोपी अख्तियार अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भोली बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।
अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।
अख्तियारमा कार्यरत रहँदै घुस प्रकरणमा तानिएको भिडियो संचार माध्यममा सार्वजनिक भएपछि अख्तियारबाट बाहिरिएका उनी विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएपछि समेत उनले आफुले कुनै घुस रकम नलिएको दाबी गर्दै आएका छन् ।
उच्च सरकारी निकायका कर्मचारीका विरुद्ध मुद्धा दर्ता भएको यो ठूलो घटनाका रुपमा लिइदै आएको छ । वकालत समूहका पूर्वसचिव समेत रहेका पाठकले घुस लिएको कुरा ढाकछेप गर्न विभिन्न शक्ति केन्द्रका व्यक्तिलाई प्रयोग गरेका थिए ।
नायक महान्यायाधिवक्ता समेत रहिसकेका पाठकको पक्षमा बहस गर्ने कानुन व्यवसायी समेत नभेटिएको अदालत स्रोतको दाबी छ । तर, पाठक प्रकरणमा पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठले भने डटेर वकालत गर्ने अठोट लिएको खुल्न आएको छ । पाठकले गरेको काम र उनको घुस्याहा प्रवृत्ति देखेर प्रायः कानुन व्यवसायीहरु उनको पक्षमा वकालत गर्न नै नमानेको जनाइन्छ ।
तर, नेकपा अध्यक्ष प्रचण्ड नजिक मानिने बद्नाम मानिने वरिष्ठ कानुन व्यवसायी रमन श्रेष्ठले घुस्याहा पाठकको पक्षमा वकालत गर्ने पक्का भएको अदालत स्रोतले न्युज-नेपाललाई जनाएको छ । सामान्यतयाः वकालत प्रक्रियामा वकिलहरुले सहजै वकालत गर्ने गरेको पाइन्छ । तर, देशलाई टाट पल्टाउने मात्रै नभएर राज्य संयन्त्रलाई नै कमजोर पार्ने पाठकका विरुद्ध वकालत गर्नु भन्दा कानुन पेशा नै छाड्ने भन्दै वकिलहरुले मुद्धा सुन्नै चाहेका थिएनन् ।
तत्कालीन आयुक्त पाठकले भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपानेले दिएको ७८ लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाट समेत पुष्टि भएपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो ।
पाठक विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने तयारीमा रहेको नेकपाले छलफल जारी राखेकै बेला उनले घुस लिएको र घुस प्रकरण ढाकछेप गर्न विभिन्न शक्ति केन्द्र धाउने गरेको भिडियो सार्वजनिक भएपछि उनले राजीनामा गरेर बसेका थिए ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...