भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी रातारात अर्थसचिव बन्न सफल भएका छन् । बजेटको मुखमा अर्थसचिव फेर्न नहुने अडान राख्दै आएका मुख्यसचिव डा। बैकुण्ठ अर्याल पनि मधुको हकमा साखुल्ले बनेका हुन् ।
नेसनल पेमेन्ट गेटवे सिस्टम खरिद भ्रष्टाचारमा बैशाख २५ गते सजाय निर्धारण हुँदैछ । उक्त भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर भएपनि मरासिनीसहित अन्य सबैले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल र मरासिनीसहित ९ जनाविरुद्ध गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा ६ महिनामै फास्ट ट्रयाकबाट फैसला भएर सुनिलबाहेकका सबैले सफाइ पाएका हुन् । मरासिनीले जसरी फास्ट ट्रयाकमा विशेष अदालतबाट सफाइ पाए त्यसैगरी कृष्णहरि पुष्कर कर्णलाई विस्थापित गरेर फास्ट ट्रयाकमा अर्थसचिव बनेका छन् । उनी विशेषको फैसलाको पूर्णपाठ पनि नकुरी हतारमा अर्थसचिव बनेपछि आलोचना हुन थालेको छ ।
स्रोतका अनुसार कृष्णहरिलाई हटाएर अर्जुनप्रसाद पोखरेललगायत अर्थसचिव बन्न खोज्दा मुख्यसचिव अर्यालले बजेटको मुख्य अर्थसचिव फेर्न नहुने अडान राखेका थिए । पुष्करलाई हटाउन लागिपरेका अर्थमन्त्री बर्षमान पुन पनि मुख्यसचिव अर्याल कै कारण ‘ब्याक’ भएको र बजेट निर्माणको काम सम्पन्न नभएसम्मका लागि उनैलाई राख्न राजी भएको चर्चा चल्दै आएको छ । तर, मधुले सफाइ पाउनेबित्तिकै उनै मुख्यसचिव अर्याल अर्थसचिव सरुवाको पत्रमा हस्ताक्षर गर्न आतुर भए । यसले उनको भूमिका समेत शंकास्पद देखिन्छ ।
टेरामक्स खरिदलगायतका काण्डमा अख्तियार पुगेर बयान दिइरहेका मुख्यसचिव अर्याल मधुको पक्षमा खुलेरै लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चर्चा छ । यो कदमले अख्तियारलाई समेत चुनौती दिएको जस्तो देखिने प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् । सुशासन र वित्तीय अनुशासनमाथि नै प्रश्न खडा हुने गरी मधुलाई अर्थसचिव बनाइएकोमा अख्तियारका अधिकारीहरुले पनि असन्तुष्टि प्रकट गरेका छन् ।
Comments
अरु समाचार
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
सशस्त्र प्रहरीका असई छत्यालले चढे सगरमाथा
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४...
-
वाम एकताबारे प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा, के भने ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन' भनेका छन् । सही...
-
सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं...
-
माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा...
-
आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित हुने
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २...
-
स्थगित भएको आईपीएल आजदेखि, क्रिकेटप्रेमी खुसी
काठमाण्डौ । स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) पुनः सुरु हुने भएपछि क्रिकेटप्रमीहरु उत्साहित भएका छन् । भारत–पाकिस्तानबीचको तनावका कारण...