मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।
आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशका विभिन्न ठाउँमा फैलिएको आगो निभाउने र प्रदूषण हटाउने गरी ठूलो पानी पर्ने सम्भावना भने छैन ।
अहिले प्रि–मनसुन अवधिमा पानी नपर्दा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ । वन तथा भूसंरक्षण विभागकाअनुसार ५० वटा जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । पछिल्लो एक हप्तामा दुई सय ५० भन्दा धेरै वन क्षेत्रमा डढेलो लागेको छ । दिउँसोपख चल्ने हावाहुरीले डढेलो झनै फैलने गरेको छ ।
आज पनि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । पछिल्ला केही दिनदेखि तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
Comments
अरु समाचार
-
रामजानकी विवाह महोत्सव:अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
महोत्तरी, १८ मङ्सिरः जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका...
-
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मोरङ: जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला...
-
आजको राशिफल: २०८१ साल मंसिर १८ गते मंगलवार
मेष अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना...
-
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा लिङ्थेप नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप (सुब्बा) नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री एवं एमाले...
-
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’...
-
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेको छ...
-
एनपीएल: कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं । कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले...
-
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमाले दोस्रो स्थानमा
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो...
-
जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जित्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (नपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको...