ताजा समाचार

सुन्धारास्थित काठमाडाैं मल नजिकै व्यस्त सडकमा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु

काठमाडाैं । राजधानीको व्यस्त स्थान सुन्धाराको काठमाडाैं मल नजिकै ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवतीको ज्यान गएको छ ।

विहान १० बजेतिर बीर अस्पतालतर्फ गइरहेको ना २ ख ४२२२ नम्बरको पानी ट्यांकरले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि काभ्रे पनाैती-१० की २३ वर्षीय सुनिता खत्रीको ज्यान गएको हो । ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरिले जनाएको छ ।

यस्तै, मोटरसाइकल चालक  रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने, ट्यांकर चालकलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसनधान थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org