ताजा समाचार

समता अस्पतालमा विमला मृत्यु प्रकरणः संचालक संजेलसहित उनकी पत्नी पक्राउ

काठमाडौं । एक सयमै उपचार गराउदै आएको समता अस्पतालमा एक कर्मचारीले झुण्डिएर आतय्महत्या गरेपछि स्थानिय र आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

राजधानीको बाैद्धस्थित समता अस्पतालकी सरसफाई कर्मनचारी २७ वर्षीया विमला तामाङले आत्महत्या गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो ।

घटनाको सत्य, तथ्य छानविनको माग गर्दै भएको आन्दोलनका क्रममा केही अस्पतालका कर्मचारी घाइते भएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको छ ।

मृतक तामाङको खल्तिमा तीनजनाको नाम उल्लेख भएको पाइएपछि संचालक उत्तम कुमार संजेल उनकजी पत्नी र अर्का एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, प्रहरीले उनीहरुलाई सोधपुछका लागि भन्दै लगिएको जनाएको छ ।

मंगलबार दिनभरको तनावपछि दुई पक्षीय छलफलबाट तामाङको ५ वर्षीया छोराको शिक्षाका लागि सम्पूर्ण व्यवस्था हस्पिटलले गर्ने सहमति भएको छ ।

सहमतिपछि आन्दोलन मथ्थर भएको काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले बताए ।

अंग्रेजी भाषामा लेखिएको त्यो कागजको टुक्राको सत्यताबारे प्रमाणित गर्न प्रहरीले वैज्ञानिक परीक्षण गर्ने तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org