परीक्षाको पूर्वसन्ध्यामा विज्ञापन खारेजीको माग राख्दै लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन
काठमाडाैँ । लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन फिर्ता लिन माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ।
आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शन गरे भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका थिए।
आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ। विज्ञापनअनुसार चार लाखले आवेदन दिइसकेका छन्।
आयोगले शुक्रबारदेखि लिखित परीक्षा लिँदैछ। परीक्षा हुनु एक दिनअघि महासंघले केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गरेको हो।
यसअघि माइतीघर मण्डलमा महासंघले प्रदर्शन गरेका थिए।
Comments
अरु समाचार
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...