मेलम्चीको बाँकी काम फिल्डमै बसेर गर्न आयोजना प्रमुख सहितको टोलीलाई निर्देशन
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै खट्न निर्देशन दिएकी छन्।
मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै खटेर मेलम्ची आयोजनाको काम अघि बढाउन निर्देशन दिएका छन्् ।
आयोजनाका प्रमुख, समितिका अन्य पदाधिकारी र डिभिजनल इन्जिनियरहरु सहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्यौल हटाउँदै अघि बढ्न मन्त्रीज्यूबाट निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
मेलम्ची आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदार तथा भेण्डरहरुले दाबी गरेका रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ ।
आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिए । अहिले नदी संरक्षण र सुरुङभित्र भेन्टिलेसन साफ्टको काम भईरहेको उनले बताए ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...