१६ किलो सुनसहित पक्राउ परेका गुरुङ जेल चलान
गोरखा । गत साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखास्थित धार्चे गाउँपालिका–३, केरौँजाका धनकमल गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत गोरखाका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
केरौँजाका व्यवसायी गुरुङ ओढारमा आफैंले लुकाएर राखेको १६ किलो सुनसहित पक्राउ परेका थिए । सुन लुकाएर आफू अपहरणमा परेका भनी बेपत्ता भएका गुरुङको खोजतलास गर्दा सुन लुकाएर फरार भएको खुल्न आएपछि उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका गुरुङविरुद्ध राजश्व अनुसन्धान विभागले बुधबार मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।
यसैबीच, गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई बिहीबार पक्राउ गरेको छ ।
सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई हत्या आरोपमा बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।
‘लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘रिस थाम्न नसकी कुटपिट गर्दा लामाको मृत्यु भएको अनुसन्धानबाट पाइएको छ ।’
पक्राउ परेका लामाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...