ताजा समाचार

बस्तुलाई कुँडो बाजुराको स्याउः एक रुपैयाँमा ३ दाना, फल्छ १० लाख किलो

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ ।

बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोहि किन्दैनन् ।’

लाखौँ मूल्यको स्याउ खेर जाने गरेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org