ताजा समाचार

भारतले नेपालको स्वाधिनता र सार्वभाैमिकतामाथि ठाडो र नाङ्गो हस्तक्षेप गर्‍योः विप्लव

भारतीय प्रधानमन्त्री मोदीको पुत्ना दहनदेखि राष्ट्रसंघ गुहार्दै विप्लव नेकपा

काठमाडाैं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भारतले सार्वजनिक गरेको उसको नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न कार्यक्रमको घोषणा गर्दै विप्लव नेकपाले नेपालको स्वाधिनता, स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप मात्रै नभएर भारतले अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण गरेको आरोप लगाएको छ ।

भारतीय कदमकाविरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्दै भारतले सार्वजनिक गरेको नक्सा जलाउनेदेखि भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गर्नुका साथै संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने जनाएको छ ।

विप्लवद्वारा जारी विज्ञप्तिमा भारतको कदमप्रति कडा भत्सना समेत गरिएको छ । भने, यो कसमविरुद्ध सम्पूर्ण देशभक्ति जनता एकजुट हुन अपिल समेत गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org