ताजा समाचार

पूर्वसभामुख महरालाई थुनामा राख्ने उच्च अदालतद्धारा सदर

काठमाडौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णय सदर गरेको छ।

महराले आफूलाई जेल पठाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

उनको निवेदनको सुनुवाइ गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले बिहीबार जिल्लाको निर्णय सदर गर्ने आदेश दिएको उच्च अदालतका शाखा शाखा अधिकृत ध्रुव सुवेदीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org