ताजा समाचार

मध्यराती एनसेल टावरमा आगजनी

बारा । जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा  मंगलवार राति आगजनी भएको छ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको एनसेल टावरमा  मंगलवार  राति सवा  ११ बजे  आगजनी भएको  बाराका प्रहरी प्रमुख , प्रहरी उपरीक्षक विकासराज खनालले जनाए।

‘घटनाको अरु कसैले जिम्मेवारी लिएका छ्रैनन्, हामीले विप्लल्व समुहले  गराएको हुनसक्ने आशंका गरेका  छौ’ प्रहरी उपरिक्षक खनालले भने ‘आगजनीको घटनामा पेट्रोल र  मट्टितेल प्रयोग गरिएको छ।’ आगजनी कसले  के–का लागि गरेको  भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको ईलाका प्रहरी कार्यालय सिमराका डीएसपी गोविन्द  पुरीले जनाएका छन्। उनका अनुसार टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको छ भने बीटीएस सुरक्षित छ।  आगलागीको घटना लगत्तै कलैया र जितपुर सिमरा उपहानगरपालिकाको दमकलले आगो निभाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org