पूर्वसचिव कार्की पत्नीको हत्या, सीसीटीभि फुटेजमा जे जे देखियो…
काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै हत्या भएको छ।
१२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृत भेटिएका छन् ।
सानेपास्थित कार्की निवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको शव भेटिएको हो । कार्कीको शव टाउकोमा गम्भीर चोट लागेको र अनुहार कपालले छोपिएको अवस्थामा थियो ।
चौधरीको घाँटीमा पासो लागेको र डोरी चुँडिएको अवस्थामा थियो । आधा डोरी उनी ढलेको ठीक माथि भर्याङको रेलिङमा झुन्डिएको थियो ।
अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाका एसपी मुकेशकुमार सिंहले कार्कीको हत्या चौधरीले नै गरेको पुष्टि भएको बताए ।
‘हामीले सिसिक्यामेरा फुटेज अध्ययन गयौँ । फुटेज अध्ययन गर्दा कार्कीको हत्या चौधरीले नै गरेको देखिन्छ, कन्फ्युजन हुनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने, ‘तर, घटनाको कारण बुझ्न सकिएको छैन । हामी अध्ययन गर्दै छौँ।’
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण घरेलु कामदारबाटै हत्याका घटना हुने गरेको बताए ।
आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार कार्कीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
प्रहरीका अनुसार घटनास्थल मुचुल्काका क्रममा चौधरीको अन्डरवेयरभित्र वीर्यजस्तै देखिने चिप्लो पदार्थ भेटिएको छ । अन्डरवेयरको केही भागमा रगत लागेको पनि देखिएको छ । मृतक कार्कीको मासिक चक्रकै वेला रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
‘चौधरीको अन्डरवेयरमा शंकास्पद वस्तु फेला परेका छन् । तर, परीक्षण हुन सकेको छैन,’ महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘झुन्डिएको मान्छेको शरीरको कुनै अंगबाट तरल पदार्थ निस्किनु स्वाभाविक पनि हुन सक्छ । त्यसैले थप अनुसन्धान आवश्यक छ।’
सिसिक्यामेरा फुटेजमा प्रहरीले जे देख्यो
कार्की निवासमा मूलगेट र भान्छाअगाडि प्यासेजमा सिसिक्यामेरा जडान छ । घटनाको अनुसन्धान गर्न प्रहरीलाई तिनै सिसिक्यामेरा फुटेजले सहज बनायो । प्रहरीका अनुसार बिहान करिब ९ बजे विजय चौधरी घरको मूलगेटमा देखिन्छन् । गेटमा उनले कसैलाई बिदा गरिरहेको देखिन्छ । गेट बन्द गरेर उनी सरासर घरभित्र छिर्छन् । मुना कार्की १०: ०० बजे भान्छामा काम गरिरहेकी देखिन्छिन्।
एकसुरमा काम गरिरहेकी कार्कीको पछाडि चौधरी खल्तीमा हात हाल्दै ओहोरदोहोर गरिरहेका देखिन्छन् । १०: १० बजे चौधरीले कार्कीलाई पछाडिबाट डोरीले घाँटीमा अँठ्याउँछन् ।
करिब १३ मिनेटसम्म भुइँमा दबाएर राख्छन् । त्यसपछि चौधरीले सातपटकसम्म पिर्काले हान्छन् । सिसिक्यामेरामा पिर्का उठाएको देखिए पनि बजारेको भाग देखिँदैन । कार्कीको टाउकोमा रगतको भल बग्ने गरी चोट लागेकाले पिर्काले नै हानेको प्रहरी निष्कर्ष छ ।
कार्कीको मृत्युपछि चौधरी शव छोडेर ११: ०८ बजेसम्म घरभित्रै डुलिरहेका देखिन्छन् । त्यसपछि उनी भर्याङ चढे, रेलिङमा पासो लगाएर झुन्डिए । तर, पासो बलियो नहुँदा चुँडियो । उनी भुइँमा पछारिए । चोटका कारण उनको पनि मृत्यु भयो।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घरेलु कामदारबाट उपत्यकामा तीन वर्षमा तीनको हत्या भएको बताए । ‘सानेपासहितको घटना जोड्दा घरेलु कामदारकै कारण दुई वर्षमा तीनजनाको हत्या भएको देखिन्छ । घटना अनुसन्धान गर्दा अधिकांशमा आर्थिक कारण देखिन्छ ।’
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण घरेलु कामदारबाटै हत्याका घटना हुने गरेको बताए ।
‘घरेलु कामदारबाट हुने हत्या नेपालमा मात्र होइन, भारतमा समेत बढेको विभिन्न तथ्यांकले देखाउँछन्,’ उनले भने, ‘आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण बढी देखिन्छन्।’
Comments
अरु समाचार
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...