ताजा समाचार

इराकको अमेरिकी सेनाको बेसमा रकेट हमला

एजेन्सी । इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा फेरी रकेट हमला भएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीले अमेरिकी सुरक्षा अधिकारीलाई उदृत गर्दै रकेट हमला भएपनि कुनै हताहती नभएको जनाएको छ ।

अलजजिराका अनुसार के-वान बेस क्याम्पमा बिहिबार राती करिब ८ः४५ बजे रकेट हमला भएको हो । हमला पछि अमेरिकी सेनाको विमानले गस्ती सुरु गरेको जनाइएको छ ।

सन् २०१९ को डिसेम्बर २७ पछि उक्त बेसमा हमला भएको यो पहिलो पटक हो । त्यतिबेला बेसमा एकैपटक ३० वटा रकेट प्रहार हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । वासिङटनले उक्त हमलाको आरोप इरानसँग निकट रहेको काइताब हजबुल्लाहमाथि लगाएको थियो ।

अमेरिकाले उक्त आक्रमणको जवाफी कारवाही गर्दा २५ काइताब हजबुल्लाह लडाकु मारिएका थिए । केही दिनपछि अमेरिकाले इस्लामिक रेभुलुसनरी गार्ड कर्प्स (आईआरजीसी) कुड्स फोर्सका जनरल कासेम सुलेमानी तथा काइताब हजबुल्लाहका संस्थापक अबु महदी अल मुहान्दिसको ड्रोन हमला गरी हत्या गरेको थियो ।

पछिल्लो रकेट हमला पनि यही हत्याको विरुद्धमा भएको हुनसक्ने अनुमान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org