सरकारी निवासमा मदिरा पार्टी गुरुङ संस्कार अनुसारः मुख्यमन्त्री सचिवालय
मुख्यमन्त्रीज्यूको जन्म दिनको अवसरमा पाहुनालाई खानाको प्रबन्ध गरिएको होः मुख्यमन्त्रीको सचिवालय
काठमाडाैँ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारी निवासमा मदिरा पार्टी दिइरको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
मुख्यमन्त्री गुरुङले मदिराको बोत्तल नै बोकेको फोटो र भिडियो सामाजिक सञ्जालमा लिक भएपछि उनको चर्को आलोचना भइरहेको छ। सरकारी ओहदाको दुरुपयोग गरेको आरोप लागिरहेका बेला मुख्यमन्त्री सचिवालयले भने यो विषयलाई अतिरञ्जित गरिएको भन्दै खण्डन गरेको छ।
मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनु भएको सन्दर्भमा पाहुनालाई खानाको प्रबन्ध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन रहेकोले निवासमा साँझ पारिवारिक जमघट गरिएको थियो।’
त्यस्तै निवासमा भएको पारिवारिक जमघटलाई सरकारी कार्यकक्षमै मदिरा पिएको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण भएको विज्ञप्तीमा उल्लेख छ।
‘गुरुङ जातिको संस्कार अनुसार पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिए जस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तीमा भनिएको छ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...