ताजा समाचार

न्युयोर्कमा संकटकाल घोषणा

एजेन्सि । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या ४ सय माथि पुगेको छ । आजसम्म भाइरसकै संक्रमणबाट १९ जनाको ज्यान गएको छ ।

अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन एन्ड पब्लिक हेल्थ ल्याब्रोरेटोरिजले अहिलेसम्म ५ हजार ८ सय ६१ जनामा परीक्षण गरिसकेको डा. स्टेफेन हानले जनाएका छन् ।

अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र वासिंग्टन बढी प्रभावित छन् । यी तीनै क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । सान फ्रान्सिस्को हुँदै मेक्सिको पुगेको ग्रान्ड प्रिन्सेज पानी जहाजमा रहेका २३ जनामा संक्रमण देखिएको छ ।

संक्रमित ४ सय ४९ मध्ये ३ सय ७९ देशभित्रै भेटिएका, ७० बाहिरी देशबाट ल्याइएका र २१ जना ग्रान्ड प्रिन्सेज कु्रजमा रहेका छन् । संक्रमित २१ मध्ये १९ जना जहाजका कर्मचारी रहेका छन् । गत हप्ता यस जहाजमा सवार एक यात्रुको भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org