जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बताएका छन् ।
सेप्टेम्बर २७ को आन्तरिक मतदानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)का प्रमुख फुमियो किशिदाको उत्तराधिकारीका रूपमा नौ उम्मेदवारहरू मध्ये तीन जना अगाडि सरेका छन् ।
प्रतिस्पर्धीमध्ये कन्जरभेटिभ आर्थिक सुरक्षामन्त्री साने ताकाइची एलडिपीका पूर्व महासचिव सिगेरु इशिबा र पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमी रहेका छन् ।
कन्जरभेटिभ एलडिपीले दशकौँदेखि संसदमा बहुमतसहित शासन गर्दै आएको छ ।
संसदीय मामिलाका एलडिपी सांसद यासुकाजु हमादाले विपक्षी समकक्षीलाई नयाँ प्रधानमन्त्री चयन गर्न पार्टीले अक्टोबर–१ मा संसद सत्र बोलाउने योजना बनाएको बताएका छन् ।
विपक्षी पार्टीको स्वीकारोक्तीपछि सरकारले सोमबार औपचारिक रूपमा मिति घोषणा गर्ने जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२१ को अक्टोबरदेखि सत्तासिन किशिदाले मूल्य वृद्धि लगायतका काण्डपछि भएका समीक्षामा आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्कनमा आएको परिणामपछि किशिदाले गत महिना आफूले पदमुक्त हुने घोषणा गर्नु भएको थियो ।
चुनावमा एलडिपीका सांसदहरूले मतदान गरेपछि मतहरू पार्टी सदस्य र समर्थकको प्राथमिकताको आधारमा निर्धारण गरिनेछ ।
जापानी सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा तकाइची, इशिबा र कोइजुमीलाई अगाडि राखेका छन् ।
कोइजुमीले चुनाव जितेमा जापानको सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नेछन भने एलडिपीको कन्जरभेटिभ मुखर राष्ट्रवादी तकाइची देशको पहिलो महिला नेता बन्नेछन् ।
Comments
अरु समाचार
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...












