ताजा समाचार

इटालीमा कोरोनाको संक्रमण बढ्दै, एकैदिन १३३ जनाको मृत्यु

एजेन्सि । इटालीमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ।

चीनको वुहानबाट फैलिएको भाइरसका कारण युरोपियन राष्ट्रहरुमध्ये इटाली सबैभन्दा धेरै प्रभावित भएको छ।

इटालीमा हालसम्म ३ सय ६६ जनाको भाइरस संक्रमण भएर मृत्यु भइसकेको छ। ७ हजार ३ सय ७५ जनामा भाइरसको संक्रमण देखिएको छ।

यसअघि, संक्रमण फैलिँदै गएपछि एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेनटाइनमा राखिने निर्णय गरिएको थियो। इटालीका प्रधानमन्त्री गुइसेप्पी कोन्टेले इटालीको उत्तरी क्षेत्रमा रहेको लोमबार्डी क्षेत्र सहित १४ राज्यहरुमा अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागू गरिएको बताएका थिए।

यो निर्णयसँगै उत्तरी इटालीका राज्यहरु अप्रिलसम्म ‘लकडाउन’ हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org