ताजा समाचार

महिला, बालबालिकाभन्दा पुरुषलाई कोरोनाको खतरा बढी

एजेन्सि । पुरुषको तुलनामा महिला र बालबालिकामा कोरोना भाइरसको असर कम देखिएको छ ।

मृतकहरुको आंकडामा महिला र बालबालिकाको संख्या कम छ ।

चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले यसमाथि अध्ययन गरेको छ । जे जति जानकारी पाइएको छ ती जानकारीहरु सोही अध्ययनबाट प्राप्त भएका हुन् ।

कोरोना भाइरसबाट संक्रमित ४४ हजार मानिसहरुमा यो अध्ययन गरिएको थियो । जसमध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको छ ।

उमेरको हिसाबले कोरानाको संक्रमणबाट ०.२ प्रतिशत बालबालिका र किशोर–किशोरीको मृत्यु भएको भने ८० वर्ष माथिका १५ प्रतिशत मानिसले ज्यान गुमाएका छन् ।

अध्ययनका क्रममा देखिएको मृत्युदरले महिला र बालबालिकालाई कोरोना भाइरसको संक्रमण हुने डर न्यून देखाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org