काठमाडौंमा मध्यराति पत्नीले प्रहार गरिन् पतिलाई एसिड
काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका ४ पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेकी छन्।
तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा बस्ने २४ वर्षीय रामराजा थापालाई उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ।
बालाजुस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घरमा सुतिरहेका बेला थापालाई तेजाब प्रहार भएको हो।
‘घरका झ्यालढोका बन्द रहेको र सुतिरहेको अवस्थामा तेजाब प्रहार भएको देखिन्छ, घरभित्रैबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ डीएसपी राठौरले भने। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
प्रहरीले प्रतिमालाई मंगलबार नै पक्राउ गरेको छ। तेजाब आक्रमणपछि घाइते थापाको अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घरमा प्रतिमा र ३ महिनाका बच्चा मत्र थिए भने कोठामा बियरको बोतलमा तेजाब भेटिएको थियो। थापा दम्पतिबीच पटक पटक विवाद हुने गरेको थियो। श्रीमानभन्दा ३ वर्ष जेठी प्रतिमा होटलमा काम गर्थिन् भने श्रीमान् थापा सवारीचालक हुन्।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...