ताजा समाचार

भारतमा कोरोना संक्रमणका कारण पहिलो पटक एकजनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना (कोभिड-१९)को संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन् ।

भारत कर्नाटकका एक ७६ वर्षीय वृद्धाको ज्यान गएको हो । भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाकाे मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।

साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयाे । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।

कर्नाटक राज्यकाे स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार यहाँका ७४ मानिसमा कोरोना लक्षण देखिएको छ । पछिल्लो २४ घण्टामै मात्रै कोरोनाका १२ बिरामी थपिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org