गाैरीफन्टा नाकामा तनाव, प्रहरीमाथि ढुंगा प्रहार, सरकारविरुद्ध नाराबाजी
काठमाडाैँ । लकडाउन चलिरहेका बेला सुदूरपश्चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ।
सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो। आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका सयौंको संख्यामा नेपालीसहितले सुरक्षा घेरा तोड्न खोज्दा तनाव भएको हो। सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगासमेत बर्साउँदै केही युवाहरु नेपालतर्फ छिरेका छन्।
सरकारले लक डाउन गरेपछि आज बिहान गौरीफन्टा नाका हुदै घर फर्किन लागेका नेपालीहरुलाई रोक लगाउँदा नेपाल प्रहरी र नेपाल फर्कन लागेका नेपालीबीच झडप भएको हो। भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याससमेत हान्नुपरेको छ। मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ।
यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्। संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज विहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको थियो। दशगजा क्षेत्रबाट नेपाली भूमि आउन लागेका उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेर राखेको थियो। कतिपय नेपालीले सुरक्षा घेरा तोडेर नेपाल प्रवेश गरिसकेका छन्। उनीहरुले स्वास्थ्य परीक्षणसमेत नगराइ नेपालतर्फ छिरेका हुन्।
नेपाल प्रवेश गर्न खोज्ने र सुरक्षाकर्मीबीच झडपको अवस्था सिर्जना भएको छ। प्रहरी र सुरक्षाकर्मीबीचको धरपकड भएकाले अवस्था सामान्यभन्दा बाहिर जान लागेको छ। लकडाउनपछि मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेका छन्। संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमति दिने निर्णय गरेको थियो।
तर मंगलबार बिहानैदेखि लकडाउन गरिएपछि सीमामा आइपुगेका नेपालीलाई त्यहीँ रोकिएको थियो।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...