कालोबजारी रोक्न ‘डेलीभरी भ्यान’बाट टोलटोलमा खाद्यान्न
काठमाडौं । लकडाउनको समयमा कालोबजारी रोक्न ‘डेलीभरी भ्यान’ बाट टोल टोलमा खाद्यान्न पुर्याउने भएको छ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले लकडाउनका समयमा घरमा बस्न बाध्य नागरिकका लागि ‘डेलीभरी भ्यान’बाट टोलटोलमा खाद्यान्न पुर्याउन स्टोरहरुलाई निर्देशन दिने निर्णय गरेको हो। मन्त्रालयले कालोबजारी भएको पाइएमा गृहमन्त्रालयको टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न पनि अपिल गरेको छ।
बैठकको निर्णयानुसार काठमाडौं उपत्यकामा अत्यावश्यक खाद्य वस्तु अभाव हुन नदिन स्टोर र विक्रेताहरुलाई परिचालन गरिने भएको हो। ‘काठमाडौं उपत्यकामा खाद्यान्न अभाव हुन नदिन सबै स्टोर र विक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने’, निर्णयमा भनिएको छ, ‘आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।’ त्यसका लागि पसल संचालन, माग संकलन र वितरण कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मिलाउने गरी जिम्मेवारी दिइएको छ।
उपभोक्ताको माग संकलन र वितरण कार्यलाई सहज र व्यवस्थित गर्न सबै स्टोर र विक्रेताहरुले आ-आफ्नो टोल फ्री नमब्र वा अन्य नम्बर उपलब्ध गराई प्रचार गर्नपर्ने भएको छ। गृहले फोन, अनलाइन, अफलाइनमार्फत माग संकलन गरी आवश्यक दैनिक उपभोग्य वस्तुहरुको ठूलो प्याकसमेत विक्री गर्न निर्देशन दिएको छ। काठमाडौं उपत्यका बाहिरका अत्यावश्यक वस्तुका स्टोर र विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापन सहज बनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने गरी गृहले निर्णय लिएको छ
। ‘यस जटिल घडीमा कुनै समस्या परेमा समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुनेछ’, गृहसचिव न्यौपानेले भने, ‘अवैधरुपमा सामान जम्मा गर्ने जस्ता गतिविधि गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा २४ सै घण्टा उठ्ने टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न सक्नुहुनेछ।’
Comments
अरु समाचार
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...