‘कोरोनाविरुद्धको खोपको विकास तीव्र गतिमा हुँदै’
एजेन्सी । नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् ।
हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार र खोपको कहिले भन्छ भन्ने आमचासो बढेको छ । संसारका मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप कहिले बन्छ भनेर विश्वभरबाट चासो व्यक्त गरिएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयको खोप विकास टोलीको नेतृत्व गरिरहेकी प्रोफेरसर सारा जिलबेर्टले आफूहरु जतिसक्दो चाँडो खोप विकास गर्न लागिरहेको बताएकी छन् । उनले खोप पूर्णरुपमा विकास भएर प्रयोगमा आउन १२ देखि १८ महिनासम्म लाग्ने बताएकी छन् ।
उनले बीबीसीलाई भनिन्, “हामी अहिलेसम्मकै द्रुत गतिमा खोपको विकास गर्न लागिरहेका छौं । तर, महत्वपूर्ण कुरा के छ भने खोप सुरक्षित हुनुपर्छ र आमरुपमा प्रयोगमा आउनुअघि यसले पूर्णरुपमा काम गरेको र अन्य असरहरु गर्नु हुँदैन भन्नेमा विशेष सचेतता अपनाएका छौं ।”
“दुर्भाग्य खोप विकासका लागि केही समय लाग्छ । महामारीसँगै खोप विकासको काम पनि तीव्ररुपमा भइरहेको छ । जुन अहिलेसम्म यति तीव्ररुपमा अन्य रोगका खोपहरु विकास गरिएका थिएनन् । तर, हामीले कनै पनि चरण छुटाउनु हुँदैन,” उनले भनिन् ।
विश्वविद्यालयले क्षमता बढाउने काममा पनि ध्यान दिएको उनले बताइन् । उनले भनिन्, “ठूलो परिमाणमा खोप विकास गर्न क्षमता बढाउने काम भइरहेको छ ।” यसअघि अमेरिकामा पनि खोपको विकास गरेर मानव परीक्षण गरिएको थियो । तर, उक्त खोप आमरुपमा प्रयोगमा आइसकेको छैन ।
अहिले विभिन्न मुलुकका वैज्ञानिकहरु खोपको विकासमा जुटिरहेका छन् । यससँगै द्रुत गतिमा कोरोना परीक्षण किट बनाउने अभियानमा पनि लागिरहेका छन् ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...