अवस्था हेरेर ‘लकडाउन’को अवधि बढाउँछौं : गृहमन्त्री बादल
काठमाडौं । सरकारले ‘लकडाउन’को समय एक साता थप गर्ने तयारी गरेको छ।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारेमा निर्णय लिँदैछ। उच्चस्तरीय समितिले पनि लकडाउन बढाउने सिफारिस गरिसकेको छ। भारतमासमेत २१ दिने लकडाउन जारी रहेको अवस्थामा नेपालमा पनि कोरोनाको सङ्क्रमणको दर बढेकाले लकडाउन बढाउने तयारीमा सरकार जुटेको हो।
नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिएका छन्। राष्ट्रिय समाचार समितिलाई अन्तरवार्ता दिँदै गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जानकारी दिएका हुन्। सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलिसम्मका लागि थप गरिएको थियो।
लकडाउनलगायतका मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्ने उद्देश्यले सोमबारै मन्त्रिपरिषद्को बैठक बस्दैछ। गृहमन्त्री थापाले भने, ‘लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ। सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ।’ उनले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो। कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुन्जेल लकडाउनको पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ।
मन्त्रिपरिषद्ले कोभिड-१९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको थियो। समग्र अवस्थाको मूल्यांकन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिए। कोभिड-१९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न संघीय सरकारलाई आग्रह गरिसकेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड-१९ को सङ्क्रमण भएको छ। हमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी र अन्य गैरकानूनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको बताए। उनले कुनै पनि समस्या आउन नदिन सचेत रहेको पनि उल्लेख गरेका छन्। दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरुले संयोजनसहित निर्देशन दिएको उनले बताए। यस्तै सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेर आवश्यक साधान तथा स्रोत उपलब्ध गराइएको उल्लेख गर्दै गृहमन्त्री थापाले विपद्को समयमा सुरक्षा निकायको भूमिका थप महत्वपूर्ण हुने बताए।
अस्पतालका लागि चिकित्सक एवं अन्य कर्मचारीको प्रबन्ध भएको, स्वास्थ्य सामग्री तथा उपकरणको समेत प्रबन्ध भएको जानकारी दिँदै उनले विपद्को समयमा नागरिकको सुरक्षा र अन्य प्रबन्धका लागिसमेत सुरक्षा निकाय नै अग्रमोर्चामा रहेर काम गर्ने स्पष्ट पारेका छन्। लकडाउनको समयमा अनावश्यक आवागमन रोक्न नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको संख्या थप बढाइएको बताउँदै उनले मुलुकभित्र पनि महत्वपूर्ण भूमिकामा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको जानकारी दिए। थापाले नागरिकलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनसमेत सुरक्षा निकायले सहयोग गरेकाले लकडाउन उल्लघंन नगर्न सबैलाई अनुरोध गरेका छन्।
‘आफ्नो र परिवारको स्वास्थ्यका लागिसमेत सबै नागरिक आफू आफैँमा जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘कुनै अत्यावश्यक सामग्री खरिद तथा अन्य कुनै अत्यावश्यक काम परेमा नजिकको सुरक्षाकर्मीको सहयोग लिन आग्रह गर्दछु।’ खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न र सहज आपूर्तिका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका अनुमगन समिति बनाइएको उनले बताए। समितिले दैनिक प्रतिवेदन दिने गरेको थापाले उल्लेख गरे। त्यही प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णय गरिरहेको थापाले बताएका छन्। गृहमन्त्री थापाले लकडाउनको समयमा देशभित्रको समग्र शान्ति सुरक्षाको अवस्था बलियो रहेको पनि दाबी गरेका छन्।
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...