भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने
काठमाडौं। सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं बाहिर जाने यातायात सिमित मात्रामा खुलाउने निर्णय गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो।
समितिका सदस्य तथा भौतिक मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्न बाध्य सर्वसाधारणलाई गन्तव्यसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने सिमित यातायात खुलाउने निर्णय भएको बताए। उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्। सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मजदुर र अन्य सर्वसाधारण बिलखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको हो। यसबाट उपत्यकामा आपूर्ति पनि सहज हुने विश्वास लिइएको बताइएको छ।
लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै उपत्यका बाहिर गइरहेका छन्। यस्तोमा सरकारले राजधानी उपत्यका छाड्न चाहनेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको हो। सवारी साधन यात्रु जहाँका लागि छुटेको हो सोही ठाउँ पुगेको पहुँच पूर्जी स्थानिय निकायबाट लिन अनिवार्य गरिने छ।
सरकारले लकडाउनलाई वैशाख ३ सम्म निरन्तरता दिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म रोकिएको छ। यस्तोमा आन्तरिक हवाई उडान र सडक यातायात खोल्ने मितिबारे सरकार अझै अनिर्णित छ। भारतमा कोरोनाले महामारीको रुप लिइरहेको अवस्थामा सरकार पर्ख र हेरको रणनीतिमा बसिरहेको छ।
Comments
अरु समाचार
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...