ताजा समाचार

अध्यादेश फिर्तालगत्तै प्रधानमन्त्री ओली निकट नेताहरूसँग तिब्र भेटघाटमा

- न्युज-नेपाल प्रधानमन्त्री ओली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आफू निकटका नेताहरूको भेटलाई तीव्रता दिएका छन् ।

पछिल्ला समसामयिक घटनालाई लिइर उनीले आफू निकटका नेता तथा कार्यक्रतासँग भेट गरेका हुन् ।

अध्यादेश फिर्ता लिएपछिको अवस्थाबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले भेटघाटलाई तीव्र पारेको उच्च स्रोतको भनाइ छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीलाई भेटेर बाहिरिएको स्रोतले बतायो । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञावली भने बोलाइएको छैन । उनी प्रधानमन्त्री ओलीका विश्वास पात्रका रूपमा चिनिन्थे ।

पटकपटकका निर्णयहरूले ओलीको नैतिकतामाथि निरन्तर प्रश्‍नहरू उठरहेका बेला उनले हाल तीव्र पारेको भेटघाटलाई लिएर केही विश्लेषकहरूले उनले जिम्मवारी मुक्त हुन खोजेका त होइन भन्ने आंकलन पनि गरिरहेका छन् ।

हिजो अध्यादेश फिर्तालगत्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । छलफलकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि पुगेका थिए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट उत्पन्न संकटका बेला प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने र फिर्ता गर्ने गरेपछि उनीमाथि नेकपाकै कार्यक्रता तथा नेताले घेराउ गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org