अध्यादेश फिर्तालगत्तै प्रधानमन्त्री ओली निकट नेताहरूसँग तिब्र भेटघाटमा
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आफू निकटका नेताहरूको भेटलाई तीव्रता दिएका छन् ।
पछिल्ला समसामयिक घटनालाई लिइर उनीले आफू निकटका नेता तथा कार्यक्रतासँग भेट गरेका हुन् ।
अध्यादेश फिर्ता लिएपछिको अवस्थाबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले भेटघाटलाई तीव्र पारेको उच्च स्रोतको भनाइ छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीलाई भेटेर बाहिरिएको स्रोतले बतायो । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञावली भने बोलाइएको छैन । उनी प्रधानमन्त्री ओलीका विश्वास पात्रका रूपमा चिनिन्थे ।
पटकपटकका निर्णयहरूले ओलीको नैतिकतामाथि निरन्तर प्रश्नहरू उठरहेका बेला उनले हाल तीव्र पारेको भेटघाटलाई लिएर केही विश्लेषकहरूले उनले जिम्मवारी मुक्त हुन खोजेका त होइन भन्ने आंकलन पनि गरिरहेका छन् ।
हिजो अध्यादेश फिर्तालगत्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । छलफलकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि पुगेका थिए ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट उत्पन्न संकटका बेला प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने र फिर्ता गर्ने गरेपछि उनीमाथि नेकपाकै कार्यक्रता तथा नेताले घेराउ गरेका छन् ।
Comments
अरु समाचार
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...