ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी, १२ घर नष्ट
काठमाडाैँ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी भएको छ।
ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले शनिबार बिहान दिएको जानकारीअनुसार आगलागी साढे ७ घण्टापछि अघि बिहान साढे ५ बजे नियन्त्रणमा आएको हो।
आगलगाीबाट एक पक्की घरसहित घुम्ती पसलका ससाना घरसमेत गरेर १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
‘भर्खरजसो आगो निभाएर सकियो,’ शनिरबार बिहान टेलिफोनमार्फत प्रहरी निरीक्षक पोखरेलले नेपालखबरसँग भने, ‘क्षतिको विवरण अनुमान गर्न पाइएकै छैन।’
उनका अनुसार ५–६ वटा दमकल, जेसीभी, स्थानीय बासिन्दा, प्रहरी तथा सेना मिलेर आगो नियन्त्रणमा लिइएको हो। फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको उनले बताए।
स्थानीय भट्टराई होटल एन्ड लजबाट शुक्रबार राति १० बजे अचानक आगलागी सुरु भएको थियो।
‘होटल खाली भए पनि त्यहाँ होटल सञ्चालकको परिवार बस्ने गरेका थिए,’ प्रहरी निरीक्षक पोखरेलले भने, ‘के कसरी आगलागी भएको थियो भन्नेबारे अहिले खुलिसकेको छैन, घटनाको अनुसन्धान गरिरहेका छौं।’
मान्छेलाई भने कसैलाई केही भएकाे छैन। त्यस हाेटलमा बसेका हाेटल मालिकलगायत उनका परिवरका सदस्य पनि आगलागी हुनासाथ बाहिर निस्केकाे प्रहरीले जनाएकाे छ।
Comments
अरु समाचार
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...