ताजा समाचार

नेपालकाे नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडाैं ।  लिम्पियाधुरासहित  नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले  शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हाे। राजपत्रमा प्रकाशित भएकाे नक्सामा नेपाल सरकारकाे तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्याैपानेले हस्ताक्षर गरेका छन्।

याे नक्सा राजपत्रमा प्रकाशित भएसँगै नेपालका सबै सरकारी कामकाज किताबहरूमा पनि राजपत्रमा प्रकाशन भएकै नेपालकाे नक्सा लागू हुनेछ।  राजपत्रमा भनिएको छ- ‘नेपाल सरकारले संलग्न बमोजिमको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) नक्सा स्वीकृत गरी प्रकाशन गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ गत जेठ ४ गतेकाे मन्त्रिपरिषदकाे बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालकाे नयाँ नक्सा जारी गर्ने निर्णय गरेकाे थियाे। उक्त नक्सा गत जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल टेलीभिजनमा एक कार्यक्रमका बीच सार्वजनिक गरेकी थिइन्।

नेपालकाे नयाँ नक्सा राजपत्रमा प्रकाशित भइसकेपछि नापी विभागले पहिलो चरणमा ३ हजार नेपालको नयाँ नक्सा छाप्ने तयारी गरेकाे छ। विभागले नक्सा छपाइकाे कामसमेत सुरु गरिसकेकाे जनाएकाे छ। जेठ ११ गतेदेखि उक्त नक्सा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सबै संवैधानिक निकाय र मन्त्रालय तथा मातहतका कार्यालय, तथा कुटनीतिक निकायका कार्यालयहरूमा पठाउने तयारी गरेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org