लकडाउन खुकुलो बनाउन उपत्यकाका तीनवटै प्रशासनको सिफारिस
काठमाडौँ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ ।
राजधानीमा उद्योगी/व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।
विद्यालय/विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा/सम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए । तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ । केही बेरमा तीनवटै प्रशासनका तर्फबाट पारित भएको निर्णय अनुमोदनका लागि गृह मन्त्रालयमार्फत सीसीएमसी र उच्च्सतरीय समितिमा पठाइने ती अधिकारीले बताए ।
चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग/कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग/कलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...