पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध
काठमाडाैँ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज (सोमबार) बिहानै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ।
अविरल वर्षापछि सडकमा ठूलो पहिरो खसेकाले बिहान पाँच बजेदेखि नै सडकमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
‘पहिरो खसेको ठाउँमा डोजर र लोडर पुगिसकेका छन्,’ डिएसपी थापाले नेपालखबरसँग भने, ‘तर, पहिरो ठूलो छ, पहिरो झर्ने र पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने क्रम अझै सुरु भएको छैन।’
पानी पर्न र पहिरो झर्न रोकिएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने जानकारी दिए। पहिरोले दुई वटा बिजुलीका पोलसमेत ढालेको छ। पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाको भनाई छ।
सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौँ सबारी साधनको लाइन लागेको छ। सवारी साधनलाई धादिङ र नारायणगढतिरै रोकिएको थापाले बताए।
नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हो। धेरै वर्ष लगाएर नारायणगढ–मुग्लिन सडक खण्डको स्तरोन्नती गरिएपनि पहिरो खस्ने क्रम भने रोकिएको छैन।
वर्खा लागेसँगै यो सडक पटक-पटक पहिरोको कारण अवरुद्ध हुँदै आएको छ। नारायणगढ-मुग्लिन सडकको चार किलो, १७ किलो, चोरखोला लगायतका ठाउँमा बढीजसो पहिरो जाने गरेको छ।
Comments
अरु समाचार
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...