शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई भन्यो – अनलाइन क्लास बन्द नगर्नू
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।
निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो।
प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन्। शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्।
मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्।
आइतबार विज्ञप्ति निकालेर प्रवक्ता शर्माले मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरिएको पनि उनले बताएका छन्।
निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको शर्माले उल्लेख गरेका छन्।
निजी विद्यालय सञ्चालकहरूले सरकारले राहतको व्यवस्था तथा सहुलियत दिनुपर्नेलगायत माग राखेका छन्।
‘वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्न विद्यालयले व्यवस्थापकीय प्रबन्धको विषयमा स्थानीय तहको अनुमति लिने भन्ने व्यवस्था जेठ १८ मा मन्त्रालयबाट जारी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाको बुँदा नम्बर १८ ‘झ’ मा उल्लेख रहेको पनि मन्त्रालयको भनाइ छ।
सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्या आए शिक्षण संस्थाले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी निर्देशनअनुसार गर्न सक्ने विषयमा मन्त्रालयबाट यसअघि नै प्रष्ट पारिएको शर्माले बताएका छन्।
Comments
अरु समाचार
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
मध्यपश्चिम विश्वविद्यालयको ६ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च...
-
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास,...
-
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिएका छन् । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवशरमा...
-
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: डेढ दशकमा पनि सरकारले राखेको साक्षरताको लक्ष्य अधुरै
काठमाडौं । सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा
काठमाडौं । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...
-
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने
काठमाडौं । आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि फारम भरिसकेपछि १२ कक्षा...