ताजा समाचार

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने

काठमाडौं । आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि फारम भरिसकेपछि १२ कक्षा फेल भएका विद्यार्थीले शुल्क फिर्ता पाउने भएका छन् । आयोगले भदौ १ गतेदेखि ५ गतेसम्म प्रवेश परीक्षाको मिति तोकेको अवस्थामा प्रवेश परीक्षाको फारम भरेर १२ कक्षा अनुत्तीर्ण विद्यार्थीको रकम फिर्ता हुने शिक्षा मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

परीक्षाका लागि आवेदन दिइसकेर कक्षा १२ पास नभएका विद्यार्थीहरूको विषयमा विवाद भइरहेहका बेला शिक्षामन्त्री भट्टराईले यस्तो निर्णय लिएकी हुन् । ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड ९एनजी० मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु’, उनले बुधबार भनेकी छन् ।

यस पटक आयोगले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो । आयोगले एकीकृत प्रवेश परीक्षाका लागि गत जेठ २८ गते नै आवेदन मागेको थियो । आवेदन दिने मिति असार १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म तोकिएको थियो । कक्षा १२ को परीक्षा दिएको प्रवेश पत्रका आधारमा आवेदन दिन सकिने नियम यसपटक लागू गरिएको थियो । कक्षा १२ को नतिजा नआए पनि प्रवेश परीक्षा हुने उल्लेख थियो । परीक्षाको नतिजा कक्षा १२ को आएपछि मात्रै सार्वजनिक गर्ने आयोगले जनाएको थियो ।

एकीकृत प्रवेश परीक्षा आउनु केही दिन बाँकी रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन निकालेको थियो । १२ मा अनुतीर्ण ९एनजी० भएकालाई परीक्षामा सामेल नगराउने निर्णय आयोगले गरिसकेको अवस्थामा अब उनीहरूले प्रवेश परीक्षाका लागि तिरेको शुल्क फिर्ता हुने भएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org