ताजा समाचार

नारायणी नदिले खतराको तह पार गर्‍यो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको अनुरोध

काठमाडौं । अविरल वर्षाले नदीको जल सतह बढ्ने क्रम जारी छ ।

अहिले देशका विभिन्‍न भूभागमा भारी वर्षा भइरहेको छ । र, यो क्रम अझै पाँच दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । अहिले चितवनको देवघाट क्षेत्रमा नारायणी नदीले खतराको तह पार गरेको विभागले जनाएको छ ।

नारायणीको जलसतह अध्यधिक बढ्ने क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले नारायणघाटको पुल आसपासका क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन भनेको छ । त्यहाँ पनि नारायणी नदीले तटीय क्षेत्रमा कटान तीव्र पारेको छ  । मूलघाट क्षेत्रमा तमोर नदीले पनि खतराको तह पार गरेको छ ।

अरुण नदीले खतराको तहभन्दा माथि रहेको विभागको भनाइ छ । दुवै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org