ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज बस्दै, को बन्ला राखेपको सदस्य सचिव ?

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बोलाइएको छ । बैठकले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको नियुक्ति सोमबार हुने सम्भावना रहेको छ । नयाँ खेलकुद ऐन राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै असार १८ गतेदेखि कार्यान्वयनमा आएपछि राखेपका सदस्य सचिवलगायत सदस्यहरु पदमुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार नयाँ प्रकियाबाट सदस्य सचिव चयन गरिन लागेको हो ।

युवा तथा खेलकुदमन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा बनेको सदस्य सचिव सिफारिस समितिले निरव्तमान सदस्य सचिव रमेश सिलवाल, लिलबहादुर थापा मगर र अन्जु श्रेष्ठ गरी ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रालयमा सिफारिस गरेको थियो ।

त्यस्तै बैठकले कोरोना महामारी पछिको अवस्थाबारे द्धलफल गर्दै थप रणनीति तय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org