ओलीका प्रेस संयोजकलाई प्रचण्डका प्रेस संयोजकको जवाफ– गलत प्रचार नगरौँ, सत्य अर्कै छ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ४ नेताले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएपछि प्रचण्ड सचिवालयले खण्डन गरेको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बुधबार प्रचण्डसहित नेता र पत्रकारहरूबीचकाे भेटलाई गलत तरिकाले प्रचार गरिएकाे बताएका हुन् ।
‘त्यो प्रेस संगठन नेपालको भेला थिएन । मूलतः नेकपा बिटमा रिपोर्टिङ गरिरहेका पत्रकार साथीहरूसँगको भेटघाट थियो । बढी अनलाइनसँग सम्बद्ध साथीहरूको सहभागिता थियो’, सापकोटाले फेसबुकमा लेखेका छन्, ‘त्यो कार्यक्रम नेताहरूले प्रेस संगठन नेपाल भनेर एक शब्द पनि उच्चरण गर्नुभएको छैन । न त कुनै प्रेस संगठन नेपालका नेताहरू नै बोल्नुभएको थियो । बरू प्रेस संगठन नेपालको कमिटीमा आबद्ध साथीहरूलाई बोलाइएको थिएन । नेकपा बिटमा लेखिरहने साथीहरूलाई बोलाइएको थियो ।’
पत्रकार सम्मेलनमा नेताहरूले कुनै समूहविरुद्ध लेख्न अपिल नगरिएको समेत उनले उल्लेख गरेका छन् । ‘प्रचार गरिए जस्तो नेताहरूले कुनै समूह अथवा नेताविरुद्ध लेख्न पनि भन्नु भएको छैन । बरू उहाँहरूको चिन्ता थियो- ‘जारी अन्तर संघर्ष केवल पद लेनेदेनको मात्रै जसरी प्रचार भयो । त्यो सत्य होइन । उहाँहररूको भनाइको सार थियो- जारी अन्तरसंघर्ष केवल पदीय लेनदेनको मात्रै होइन यो पार्टीभित्र विधि र पद्धति स्थापना गर्ने विषयसँग सम्बन्धित संघर्ष हो’, सापकोटाले लेखेका छन्, ‘विचार र संगठनसँग सम्बन्धित बिषय हो । यो फुटका लागि होइन रुपान्तरणका लागि हो ।’ मात्रै यही बुझ्न र लेख्नका लागि अनुरोध थियो, कोही नेताविरुद्ध लेख्न अपिल गरिएको भन्ने प्रचार गलत हो ।’
बिहीबार बिहान प्रधानमन्त्री प्रेस संयोजक थापाले फेसबुकमा एक पाेस्ट सेयर गर्दै प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाएका थिए ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...