ताजा समाचार

सुटकेशभित्र फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा फोटो सार्वजनिक

काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् ।

गोंगबु चोक नजिकै आइतबार सुटकेसभित्र अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र शव भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर जेब्रा झोला भित्र टाउको र खुट्टा फेला पारेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org