ताजा समाचार

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी थालेको छ ।

बोर्ड स्रोतअनुसार (आज) सोमबार साँझ वा मंगलबार (भोलि) नतिजा प्रकाशित गर्ने सम्भावना छ । बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो । नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्‍ने भन्दै रोकिएको थियो ।

गत वर्षभन्दा फरक तरिकाले परीक्षा सञ्चालन भएका कारण विगतमा जस्तै नतिजा सार्वजनिक गर्ने वा नगर्ने विषयमा बोर्डमा विवाद छ । नतिजा प्रमाणित मात्रै गरेर विद्यालयलाई जानकारी दिनुपर्ने केही सदस्यहरुको तर्क छ ।

नतिजा सार्वजनिक गर्ने विषयमा छलफल चलिरहेको बोर्डका एक सदस्यले  बताए । बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० लाई नतिजा प्रमाणिकरणको अन्तिम तयारी गर्न निर्देशन दिइसकेको छ ।

नतिजा प्रकाशन गर्नुअघि बोर्डको बैठक बस्नुपर्ने व्यवस्था छ । बोर्डका केही सदस्यले सोमबार नतिजा प्रकाशन नमुना (डेमो) को समेत अध्ययन गरिरहेका छन् । नतिजा प्रकाशनका लागि बाँकी रहेका काम भइरहेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । ‘आज साँझ वा भोलि बिहानसम्म नतिजा आउने सम्भावना छ,’ उनले भने ।

यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए । कोरोना भाइरसका कारण बोर्डले परीक्षा सञ्चालन गर्न सकेन् । मन्त्रिपरिषदको निर्णयअनुसार विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गर्दैछ । बोर्डले अनुमति दिए नतिजा प्रकाशन गर्न सकिने कर्मचारी बताउँछन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org