कोरोनाविरूद्ध रसियन खोप ‘स्पुतनिक-५’ प्रभावकारी देखियो
एजेन्सि । चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले शुक्रबार रसियाले निर्माण गरेको कोभिड-१९ खोप (स्पुतनिक-५)ले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरेको छ।
रसियाले निर्माण गरेको यस खोपमा अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने संशय व्यक्त गर्दै आइरहेका छन्।
मस्कोले यस खोपका आलोचकहरूलाई जर्नलले जवाफ दिएको जनाएको छ।
दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको जर्नलले उल्लेख गरेको छ।
यसै वर्षको जुन-जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो।
रसियाले अगस्टमा भाइरसविरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो। यो खोप दुई मात्राको रहेको छ।
रसिया कोरोना विरूद्धको खोप तयार भएर आमप्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो।
‘४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीहरूमा एन्टीबडी बनाएको पाइयो’, लानसेन्टले भनेको छ।
‘कोभिड-१९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानीको आवश्यक छ’, जर्नलमा अगाडि भनिएको छ।
खोपको ‘स्पुतनिक-५’ नाम तात्कालिन सोभियत युनियनले प्रक्षेपण गरेको विश्वको पहिलो अन्तरीक्ष सेटेलाइटलाई समर्पित गर्दै दिइएको हो।
केही पश्चिमा विज्ञहरूले भने अन्तर्राष्ट्रियरूपमा खोपको प्रमाणिक परीक्षण र नियमन कदम चालेपछिमात्र प्रयोग गर्नुपर्नेमा सचेत गराएका छन्।
तर अन्तर्राष्ट्रिय स्तरमा नै विश्वसनीय रहेको जर्नलले समीक्षा प्रकाशित गरेकाले यो विदेशी आलोचकका लागि मस्कोको जवाफ भएको एक वरिष्ठ रसियाली अधिकारीको भनाइ छ।
पछिल्लो हप्ता रसियाले करिब ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण सुरू गरिसकेको छ।
‘यसबाट (जर्नलले) हामीले पश्चिमाहरूले विगत तीन सातादेखि सोध्दै आएका सबै प्रश्नहरूको उत्तर दिएका छौं। ती प्रश्नहरू रसियन खोपलाई खोट लगाउने स्पष्ट उदेश्यकासाथ सोधिएको थियो’, रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरल दिमित्रीभले भने।
खोप निर्माणमा यो संस्थाको सहयोग रहेको छ।
‘सबैको जाँच भएको छ’, रोयटर्ससँग उनले भने, ‘अब हामी केही पश्चिमा खोपहरूका बारेमा प्रश्न गर्न सुरू गर्नेछौं।’
जोन्स हप्किन्स ब्लुमवर्ग स्कूल अफ पब्लिक हेल्थ, अमेरिकाको इन्टरनेशनल भ्याकसिन एक्सेस सेन्टरका प्रमुख लेखक डा. नोर बार-जीभले प्रारम्भिक परीक्षणको नतिजालाई ‘उत्साहजनक तर सानो’ प्रतिक्रिया दिएका छन्।
अध्ययनमा सहभागी नरहेका बार-जीभले ‘कुनै पनि कोभिड-१९ खोपको चिकित्सकिय प्रभावकारिता अझै नदेखाइएको’ बताए।
‘नतिजा अहिलेसम्मको केसमा राम्रो हो’, लन्डनको स्कूल अफ हाइजीन र ट्रपिकल मेडिसिनका माइक्रोबियल प्याथोजेनेसिसका प्रोफेसर ब्रान्डन व्रेनले भने।
Comments
अरु समाचार
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...