ताजा समाचार

बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।

भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गरेको थियो।

राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस एक जना सांसदको स्थान गत फागुन २० गतेदेखि खाली छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org