टेकु अस्पतालमा राति देखिएका कहाली लाग्दा दृश्य
उपचारका लागि होइन, पिसिआरका लागि यो दुःख
काठमाडाैँ । मंगलबार मध्यरात, झमझम पानी परिरहेको छ । पानीले भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई बिछ्यौना बनाएर निदाउने प्रयास गरिरहेका छन् । बेन्च र टेबलमा पनि निदाइरहेका छन्, निदाउने प्रयास गरिरहेका छन् ।
यिनीहरू रोजगारी माग्न जम्मा भएका होइनन्, उपचारका लागि पनि आएका होइनन् । कोभिड परीक्षण गरिपाऊँ– उनीहरूको यत्ति माग हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू रातिदेखि नै यसरी लाइन लाग्न बाध्य भएका हुन् । के गर्नु ? यो देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ ।
यो दृश्य हो राजधानीको टेकुस्थित कोभिड– डेडिकेटेड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको । अस्पतालको गेटबाहिरको अवस्था पनि यस्तै छ । सडक किनारमा उभिएका, बसेका सबैसँग छाता छैन । छाता हुनेहरू छातामा ओत लागेका छन् । छाता नहुनेहरू बाटोछेउका घरका सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । उभिएर थाकेकाहरू भिजेको भुइँमै पल्टिएका छन् ।
महोत्तरी गौशालाका रामबाबु साह सोमबार साँझ काठमाडौं आइपुगे । सरासर लगनखेलस्थित आफ्नो कोठामा जान खोजेका साहलाई घरबेटीले गेटमै रोके । पिसिआर जाँच गरेको रिपोर्ट देखाएपछि मात्र घरभित्र छिराउने निर्देशन दिएको खबर आजको नयाँ पत्रिकामा सागर चन्दले लेखेका छन।
आँगनमै झोला छाडेर साह पिसिआर जाँच गराउन टेकु आइपुगे । उनी सोमबार साँझ अस्पताल आएका हुन् । मंगलबार रातिसम्म पालो पाएका छैनन् । बुधबार त परीक्षण होला कि भनेर उनी अस्पताल गेटबाहिर चिसो सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् ।
महात्तरीमा शाहको आठजनाको परिवार छ, कमाउने उनी मात्रै हुन् । निर्माण मजदुरको काम गर्ने साह भन्छन्, ‘पेटका लागि जस्तो पनि सहनै प¥यो ।’
सोमबार बिहानैदेखि पिसिआर जाँचको पालो पर्खेर बसिरहेका वीरगन्जका अबुराहन आलमले त खाना पनि खाएका छैनन् । अस्पतालको आँगनमा कागज ओछ्याएर निदाउने प्रयास गरिरहेका आलमलाई घरबेटी मात्र होइन, टोलकै मानिसले घरभित्र छिर्न दिएनन्।
‘घरबेटी र टोलका मान्छेले भित्र पस्न दिएनन् । परीक्षणका लागि यता आएको पनि दुई दिन भइसक्यो, खाना पनि खान पाएको छैन,’ आलमले सुनाए । गौशालामा सवारीसाधन मर्मतको काम गर्ने आलम गुह्येश्वरीमा बस्छन् । संक्रमण छैन भन्ने रिपोर्ट लग्न पाए रोजीरोटी मिल्थ्यो भन्ने उनको आशा छ । तर, यो भिडमा उनको नियति के हुने हो ? थाहा छैन ।
दुई दिनदेखि निद्रा र भोकले रन्थनिएका आलमका आँखा सुन्निएका छन् । उनी राम्रोसँग बोल्नसमेत सकिरहेका छैनन् । दिनभरि लाइनमा उभिनुपर्ने, राति चिसो भुइँमा पल्टिनुपर्दा टाउको दुख्न थालेको सुनाउँछन् उनी ।
यो हो पूजादेवीको नौजनाको परिवार, उनीहरू अस्पतालभित्रै रहेको एटिएम बुथमा निदाउने प्रयास गरिरहेका छन् । मंगलबार बिहान मात्र वीरगन्जबाट काठमाडौं आएकी पूजादेवीलाई आफ्नोभन्दा बालबच्चाको चिन्ता लागेको छ । तीनजना बच्चा चिसोमै निदाएका छन्, तर पूजादेवी उनीहरूको रेखदेख गर्दै जागा छिन् ।
२२ भदौबाट अस्पतालले मध्याह्न साढे १ बजेसम्म मात्र ओपिडी टिकट वितरण गर्छ । त्यसपछि फिभर क्लिनिकमा स्वास्थ्य जाँचपछि पिसिआर जाँच निर्देशिकाअनुसार जाँच गराउनुपर्ने देखिएमा एक दिनमा तीन सयजनाको मात्र अस्पतालले पिसिआर जाँचका लागि स्वाब संकलन गर्छ । अस्पतालले के गरोस्, सरकारले दिएको जनशक्ति र पूर्वाधारको क्षमता यत्ति नै हो । महामारी अझै फैलिएमा जनताको के हालत हुने हो ? अनुमान गर्दा पनि कहालीलाग्ने अवस्था छ ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...