ताजा समाचार

सरकार भन्छ– डा. केसीका माग पूरा भइसकेका छन्, अनशन फिर्ता लिनूस्

काठमाडाैँ । सरकारले अशनरत डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवलीले डा केसीलाई  अनशन फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले सरकारले डा. केसीका कैयौँ माग पूरा गरेको जानकारी दिए । उनले यस्तो असामान्य अवस्थामा धर्ना अनशन सुहाउँदो विषय नभएको भन्दै केही विषय बाँकी रहे पछि छलफल गर्न सकिने बताए ।

उनले भने, ‘नेपाल सरकारका तर्फबाट उहाँ र उहाँका साथीहरूलाई आग्रह छ अहिले अनशन फिर्ता लिएर हामी सबै कोरोनाविरुद्धको लडाइँमा जोडियौँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org