बैंकको सस्तोमा लिलाम कदमविरुद्ध लहानमा आन्दोलन चर्किँदै
सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए ।
आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो । उहाँले झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारी के–कति घाइते भएका यकिन नभएको बताउनुभयो ।
प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । स्थिति सामान्य भएपछि चार घण्टापछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको थियो ।
स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते रू ३० लाख ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म रू १९ लाख ९२ हजार सात सय ७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नुपरेको ऋणी यादवले बताउनुभयो ।
यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए । सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालबन्दी खुलेको थियो । सो वर्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास शारदा बताउनुहुन्छ ।
अध्यक्ष्य शारदाले भन्नुभयो, “दुई पक्षबीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो । यहाँ बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्याङ्कन ८० लाख गरेर रू ३० लाख ऋण स्वीकृत गरेको देखिन्छ । तर, चार वर्षपछि जग्गाको भाउ बढ्नुको साट्टा घटाएर रू ६५ लाख मूल्याङ्कन गरी रू ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ ।”
चलनचल्ती अनुसार रू एक करोड ४५ लाखमा बिक्री हुने जग्गा रू ३५ लाखमा लिलाम गरिदिएको पीडित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौँ । तर, त्यो बैंकले लिलाम गर्दा बेघर भयौँ । सोझो मान्छे जसरी पनि ठगिनेरहेछ । हामीलाई सरकारले न्याय गर्नुपर्छ ।”
यता कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले बताउनुभयो । उहाँले ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।
“हामीलाई प्राप्त सूचनाअनुसार २०७९ सालदेखि ऋणीले सावाँ ब्याज नबुझाएको र सम्बन्धित बैंकले चारपटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ । ग्राहकलाई प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानुनसम्मत रूपमा आउनुभयो राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ, हामी त्यो गर्छौँ ।”
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
तराईमा हुस्सु-कुहिरो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौँ: पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको...
-
आजको राशिफल: २०८१ माघ ५ गते शनिबार
मेष: अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन...